विजयपुर/ नेपालीहरूको दोस्रो ठुलो चाड तिहारको अवसरमा बराह ग्रुप अफ कम्पनीले लक्की बम्फर उपहार योजना लिएको छ ।
उपहार योजनामा ग्राहकले निसान ब्राण्डको म्यागनाईट कार र १ किलो सुन प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बराहमा नुनदेखि सुनसम्मको खरिदमा सहभागि हुन पाउनेछन् । निसान ब्राण्डको म्यागनाईट कारको लक्की ड्र मा देशै भरीका शाखामा सुनबाहेकका बराह डिर्पाटमेन्ट स्टोर ,बराह फेमिली किचेन, बराह ट्राभल्स एण्ड टुर्सलगायतका अन्य बस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरू सहभागि हुन सक्नेछन् ।
बराह लक्की बम्पर उपहार योजना अन्तर्गत १ किलो सुनको लक्की ड्र मा देशै भरीका बराहको शाखामा सुन खरिद गर्ने ग्राहकहरूले सहभागि हुन सक्नेछन् । बराह स्पेसल डिसकाउन्ट कुपन संगै ‘बराह लक्की पर्सन अफ द डे’ पनी बन्न सक्नेछन् । बराह स्पेसल डिसकाउन्ट कुपन बराहको देशै भरीका शाखाका जुनसुकै कारोबार गर्ने उपभोक्ता पाउने बम्पनीले जनाएको छ । यस कुपनले हरेक बिलमा ग्राहकहरुलाई बिशेष छुट उपलब्ध गराउनेछ ।