मोरङको पथरी शनिश्चरे नगरका सहकारी संस्थाका ऋण संयोजक र ऋण कर्मचारीका लागि २ दिने ऋण व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

 नगरको सहकारी शाखाले आयोजना गरेको तालिममा ११ वटा सहकारी संस्थाका ऋण उपसमिति संयोजक र ऋण हेर्ने कर्मचारीको सहभागिता रहेको थियो । भाका नाघेको ऋणलाई व्यवस्थित गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको सहकारी शाखा प्रमुख केशवदेवी धमलाले जानकारी दिए ।

तालिममा, जिल्ला वचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष जीवन बस्नेतले सहजिकरण गरे ।