वराहक्षेत्र/चतरामा व्यवसायीहरुको औलिया बाबा बचत तथा ऋण सहकारी संस्थाको बचत संकलनलाई ७५ प्रतिशत भन्दामाथीले बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा संस्थाले पौने ४ करोडको निक्षेप संकलन गरेको हो ।
शनिबार सम्पन्न औलिया सहकारीको १२ औं साधारण सभामा वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष रमेशकुमार विष्टले, आर्थिक वर्ष २०७७/७८मा ३ करोड ६२ लाख १ हजार ७ सय ३२ रुपैंया निक्षेप संकलन गरिएको बताए ।
आ.व. २०७६/७७मा २ करोड ८२ लाख ६५ हजार ७७ रुपैंया संकलन गरिएको थियो भने यो वर्षको बचत अघिल्लो वषर्को भन्दा करिव ७८ प्रतिशतले बचत बढेको अध्यक्ष विष्टले बताए ।
यता गरिएको ऋण प्रवाहको असुली पनि उत्साह जनक तीन चौथाईले बढेको छ । कोरोना संक्रमणमा शेयर सदस्यहरुको रचानात्मक सहयोगलेयो आ.व.मा १ करोड ६४ लाख ५३ हजार २ सय ४४ रुपैंया असुली भएको भन्दै विष्टले सदस्यहरुलाई धन्यवाद दिए ।

उनले संस्थाको अघिल्लो बर्षमा कर्जा असुली १ करोड २९ लाख २९ हजार ४१ रुपैया रहेको बताए । कर्जा लगानीलाईयसवर्ष पहिले भन्दा आधा प्रतिशतले बढाएर २ करोड ४ लाख ४५ हजार रुपैया गरिएको छ , अगाडीको आ.व. २०७६/७७मा १ करोड ३८ लाख ६४ हजार ९ सय ६३ रुपैंया ऋण प्रवाह गरिएको बताए ।
अध्यक्ष विष्टले संस्थाको आर्थिक कारोबारको तरलताको अनुपात स्थिर रहेको भन्दै, कुल बचतमा करिब २२,ऋण असुलीमा करिव ८१ यस्तै ऋण लगानीमा करिव १सय ८ प्रतिशत रहेको बताए । ‘तरलता’ वित्तिय र ऋण लगानी, स्थीर सम्पत्ति, सञ्चालन र भुक्तानी खर्च कटाएर बाँकी रहने रकम हो ।
कार्यक्रममा प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाको आर्थिक शाखा प्रमुख मातृका तिवारी, सहकारीका उपाध्यक्ष सोमराज बस्नेत सल्लाहकार ओमकुमार शर्माले उत्कृष्ट ऋणी वार्ड नं १ की चम्पाश्वरी राई र भरत साह यस्तै दश जोड २ मा सर्वाधिक अंक ल्याउने शेयर सदस्य डिक बहादुरका छोरा हेम कुमार श्रेष्ठ, अध्यक्ष विष्टकी छोरी उत्साह विष्टलाई नगद र प्रमाणपत्रले सम्मान गरेका थिए ।
कार्यक्रममा विशिष्ठ अतिथिहरु चतरा बहुउद्देश्यीय सहकारीकी अध्यक्ष सिता भण्डारी पौडेल, वार्य नं २ का अध्यक्ष हरिकृष्ण भट्टराई, तोरीबारी खानेपानी उभोक्ता समितिका अध्यक्ष डम्बरप्रसाद सिग्देल लगायतले औलियाको प्रगती उत्साहजनक भएकोमा खुशी व्यक्त गरेका थिए ।
चतरा स्थित बोलबम धर्मशालामा, रमेशकुमार विष्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण कट्टेलले गरेका थिए ।