सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६०० ले उकालो लागेको छ ।

अधिल्लो दिन प्रतितोला ९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार ८०० तोकिएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ३०० कायम गरिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० पुगेको महासङ्घले जनाएको छ ।