सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० ले घटेर ९२ हजार ३०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० मा कारोबार भएको थियो  ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० कायम भएको छ । जसको मूल्य बुधबार प्रतितोला ९२ हजार ३०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ ।