सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७०० ले घटेर ९१ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको थियो  ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार ८०० तोकिएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २२५ तोकिएको महासङ्घले जनाएको छ ।