विजयपुर । वराह बचत तथा ऋण सहकारी संस्थाले ३ करोडबढी नाफा गरेको जनाएको छ । शुक्रबार सम्पन्न १२ औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनले खुद मुनाफा ३ करोड ६७ लाख ३२ हजार ३ सय ४३ रुपैयाँ ८० पैसा गरेको देखाएको हो ।
संस्थाको शेयर पुँजी १० करोड २९ लाख १६ हजार ५ सय रुपैयाँ रहेको जनाएको छ । जगेडा कोषमा ३ करोड २८ लाख ८० हजार ९ सय ८७ रुपैयाँ ४३ पैसा रहेको संस्थाले जनाएको छ ।
संस्थाको निक्षेप सङ्कलन ७२ करोड १९ लाख ८४ हजार ६ सय ४४ रुपैयाँ ३४ पैसा रहेको छ भने ७९ करोड ३२ लाख ४४ हजार ८ सय २९ रुपैयाँ ८७ पैसा ऋण लगानी गरेको जनाएको छ ।
१२ औं साधारणसभामा कर्मचारीहरूलाई नगद पुरस्कारले सम्मान गरिएको थियो । सर्वाधिक निक्षेप सङ्कलनकर्ता ३ जना, सक्रिय अभियन्ता ११ जना र वराह प्रोत्साहन पुरस्कारबाट ५ जना पुरस्कृत भएका छन् ।

सभामा राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका शिवकुमार डाँगीले हालको तरलता एवम् वित्तीय सङ्कट वराहको मात्र नभई देश र विश्वकै भएको बताएका छन् ।