सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला५०० ले उकालो लागेर ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला ९३ हजार तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १५ ले घटेर प्रतितोला एक हजार ३०० तोकिएको महासङ्घले जनाएको छ ।