महेन्द्रनगरमा डिश होम, डिश होम फाइबरनेटमा उत्कृष्ट सेवा पु¥उोन डिलर दाईहरु सम्मानीत भएका छन् ।
डिशहोम महेन्द्रनगरका डिलरबाट माघ महिनामा बिक्री र ग्राहकहरुलाई उत्कृष्ट सेवा पु¥याएको सम्मान गरेको हो । महेन्द्रनगरका के.पि.ईन्टरप्राईजेज, बेताल मोबाईल ग्यालरी र मौभेरा मनि ट्रान्सफरका दाइहरुलाई उपहार र सम्मान पत्रले सम्मान गरिएको हो । सम्मान हुनेहरुमा कम्पनीका सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमालले प्रशंशा पत्रसहित सम्मान गरेका हुन् । महेन्द्रनगरको सर्भिस सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई पुरस्कार वितरण गरिएको कम्पनीले जानकारी दिएको छ ।
कार्यक्रममा कैलाली र कंचनपुरका डिस्ट्रिब्युटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । डिशहोम फाइबरनेटले ग्राहकको आवस्यकता अनुरुप आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।