सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६००ले बढेर ९८ हजार २०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ६००मा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० तोकिएको छ । जसको मूल्य आइतबार प्रतितोला ९६ हजार १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ले बढेर एक हजार ३४० पुगेको महासङ्घले जनाएको छ ।