भोजपुर । जिल्ला समन्वय समिति भोजपुरमा प्रमुख र उपप्रमुख सहित गठबन्धन दलको प्यानल नै विजयी भएको छ । शनिवार भएको निर्वाचनमा गठबन्धन दलका प्रमुख र उपप्रमुख सहित प्यानल नै विजयी भएको हो । समन्वय प्रमुखमा नेपाली काँग्रेसका कमल थुलुङ राई ११ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
नेकपा एमालेका बिष्णु कुमार राईलाई पराजित गर्दै थुलुङ समन्वय प्रमुखमा निर्वाचित भएका हुनु । उनका निकटतम प्रतिस्पर्धी एमालेका राईले ६ मत पाएको भोजपुरका मुख्य निर्वाचन अधिकृत गेहेन्द्रराज पन्तले बताए । समन्वय उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी अनिशा खडका विजयी भइन । खडकाले एमालेकी चन्द्रकला राईलाई हराएकी हुनु ।
यस्तै सातै जना समन्वय सदस्यमा पनि गठबन्धन दलका उमेरदवार विजयी भएका छन् । समन्वय सदस्यमा काँग्रेसका विनोद मगर र दीर्घ कुमारी कार्की , माओवादीकी गोमादेबी राई र लादिकी शेर्पा , नेकपा एकीकृत समाजवादीकी राधिका तामाङ र जनता समाजवादीका चन्द्र कुमार राई र जीवन राई निर्वाचित भएका हुनु ।
समन्वय सदस्यमा एमालेका सावित्री देवी फुयल , सत्यकला राई , गीता दर्जी , चुडामणी राई , गणेश बहादुर खत्री , छत्र बहादुर तामाङ र गणेश प्रसाद गौतम पराजित भएका छन् ।

निर्वाचनमा एक जना स्वतन्त्र सहित १८ जना पालिका प्रमुख तथा उपप्रमुखले मतदान गरेको हुनु । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा दुई नगरपालिका सहित ७ गाउँपालिका रहेको भोजपुरमा काँग्रेसका ६ र माओवादीका पाँच जना पालिका प्रमुख र उपप्रमुख विजयी भएका थिए ।
यस्तै एमालेका ६ जना पालिका प्रमुख र उपप्रमुख निर्वाचित हुँदा एक जना भने स्वतन्त्रबाट पालिका प्रमुख निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।