देउराली ।  धरान उपमहानगरपालिका कार्यपालिका बैठकमा  भाएको  नगरप्रमुख र कार्यपालिका सदस्यहरू बिचको टसल समतलमा आउने क्रम जारी छ ।  बिहीबार कार्यपालिका बैठक बस्न  नसकेपछि केही बेरमा पत्रकार सम्मेलन गरेका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूलाई काउन्टर दिन शुक्रवार नगर प्रमुख हर्क साम्पाङले पत्रकार सम्मेलन गरेका छन् ।  कार्यपालिका बैठक बस्न नसक्नुको कारण एक अर्कालाई दोषारोपण गरेका छन् । 

स्थानीय तहको निर्वाचन पश्चात् पहिलो कार्यपालिका बैठकबाट नै  विवाद सुरु भएको  धरान उपमहानगर पालिकाको कार्यपालिका बैठक  त्यस यता केही बैठक सामान्य रूपमा सञ्चालन भए पनि धरै बैठकहरू नियमित हुन सकेका छैनन् । 

बैठक बस्न नसक्नु कारण  नगर प्रमुखको स्वेच्छाचारी स्वभाव र कार्यपालिका सदस्यमाथि उनले प्रयोग गर्ने तुच्छ शब्द भएको भन्दै  उपमहानगर परिसरमा बिहिबार दिउँसो २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले पत्रकार सम्मेलन नगरेका थिए । 

उनीहरूले  भदौ १३ गते बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्य अनुप देवानलाई बोल्न रोक लगाउँदै बाहिर निस्केर जान भनेर अपमान गरेको भन्दै नगर प्रमुखले आत्मा आलोचना गरेर बैठक सुचारु गर्न मान गरेका थिए ।  उनीहरूले नगर प्रमुख विधि र पद्धति बिनै स्वेच्छाचारी भएको आरोप पनि लगाएका थिए । 

कार्यपालिका सदस्यहरूको उक्त पत्रकार सम्मेलनलाई काउन्टर दिँदै आज (शुक्रवार) नगर प्रमुख साम्पाङले पत्रकार सम्मेलन गरेका हुन् । उनले  कार्यपालिका सदस्यहरू भने जसरी गल्ती नभएको भन्दै कुनै पनि हालतमा माफी  नमाग्ने जिकिर गरेका छन् । 

पत्रकार सम्मेलनमा साम्पाङले  कार्यपालिका सदस्यहरूले बैठकमा उपस्थित हुनुपर्ने जिम्मेवारी पुरा नगरेको भन्दै राजीनामा दिन सुझाव दिएका छन् ।  उनले पत्र कारहरूसँग कुरा गर्दै  भने "सार्वभौम धराने जनताबाट चुनिएर आएको हो, धराने जनताले के भन्छ भन्ने कुराले परक पर्छ  कुन पार्टीबाट  आएका वडाध्यक्षहरूले के भन्छन् भन्ने कुराले फरक पार्दैन । "

पछिल्लो समय विवादित बनेको सामाजिक सञ्जालको एक स्ट्याटसमा प्रयोग गरेको  "चमारे" शब्द जात नभएको भन्दै, नगर प्रमुख साम्पाङले आफू गाउँमा हुर्केकाले झर्रा शब्दहरू प्रयोग गरेर स्ट्याटस लेखिरहने बताए ।