धरान । धरान १७ आदर्श चोकमा सोमबार दिउँसोतिर ग्यास सिलिन्डर बिष्फोट हुँदा ८ जना घाइते भएका छन् । जसमध्ये चारजना गम्भीर छन् । 

इलाका प्रहरी कार्यालय धरानका अनुसार चारजनाको शरीरभरि जलेको अवस्था छ । हाल उपचार भइरहेको छ । अन्य चारको अवस्था भने सामान्य रहेको छ । यसअघि ६ जना घाइते भएको प्रारम्भिक जानकारी आएको थियो । 

इलाका प्रहरीका डिएसपी नवराज मल्लका अनुसार घरधनी २७ वर्षीया सविता राई, २२ वर्षीया सोनिका राई, भाडामा बस्दै आएका इटहरी उपमहानगरपालिका ५ का ४२ वर्षीया अञ्जना राई, उनकै आमा ६६ वर्षीया रामकुमारी राई गम्भीर छन् । 

त्यस्तै अञ्जनाको छोरा ८ वर्षीय साङ्केन राई र छोरी १० वर्षीया सुनिहाङ राई, ग्यास बनाउने धरान ११ का १९ वर्षीय अनिष कार्की र सिरहा बन्दीपुरका १८ वर्षीय वासुदेव खड्का सामान्य घाइते भएका छन् । 

ग्यास चुहावट भएको आशङ्काको आधारमा ग्यास बनाउने मानिसलाई बोलाएर जाँच गर्ने क्रममा ग्यास पड्किएको प्रहरीले जनाएको छ । ग्यास घरभरि फैलिएका कारणले घाइतेको संख्या धेरे भएको प्रहरीले जनाएको छ । हाल उनीहरू उपचाररत छन् । 

यसअघि प्रारम्भिक सूचनामा ६ जना मात्रै घाइते भएको उल्लेख गरिएकाले उक्त कुरा सम्पादन गरिएको छ । सम्पादक

https://www.blastkhabar.com/news/2023/02/20/136321.html