देउराली । सोमाबार साँझ धरान १७ को एक घरमा सिलिन्डर विस्फोट घाइते भएका ६ जनालाई थप उपचारकालागी काठमाण्डौ पुर्याइएको छ ।
आदर्श चोकमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा सिलिन्डर विस्फोट हुँदा ४२ वर्षीय अञ्जना सहित ८ जना घाइते भएका थिए । घाइतेहरूलाई तत्काल धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइ उपचार गरिएको थियो ।
सिलिन्डर विस्फोट भएर घाइते भएका २७ वर्षीय सविता राई , २२ वर्षीय सोनीका राई, १९ वर्षीय अनीश कार्की , १८ वर्षीय वासुदेव खड्का, ६५ वर्षीय रामकुमारी राई र अञ्जना लाई थप उपचारका लागी काठमाण्डौ पठाइएको कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले बताए ।
उनका अनुसार विस्फोट परि गम्भीर घाइते भएका सविता र सोनीका लाई सिम्रिक एयरको हेलिकोप्टरबाट बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । त्यस्तै, घाइते भएका अनीश र वासुदेवलाई पनि मनाङ एयरको हेलिकोप्टरबाट काठमाडौँ पठाइए हो । भने घाइते ४२ वर्षीय अञ्जना राई, ६५ वर्षीय रामकुमारी राईलाई भने आफन्तहरूले विराटनगर एर्पाेटबाट प्लेन मार्फत काठमाडौँ लगेकाे प्रतिष्ठानका स्थित अस्थायी प्रहरी पोस्टले ।
घाइते मध्ये अन्य २ जना बालबालिका भने प्रतिष्ठानबाटै डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरूमा ८ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई रहेको अस्थायी प्रहरी पोस्टले जनाएको छ ।
अनीश र वासुदेवलाई अञ्जनाको कोठामा ग्यास सकिएपछि नयाँ ग्यास ल्याइ जडान गर्ने क्रममा ग्यास चुहावट भएपछि मर्मतका लागि बोलाइएको थियो । उनीहरू कोसी ग्यास डिलरका कर्मचारी रहेको बताइएको छ ।