भरौल । प्याब्सन सुनसरीद्धारा आयोजित प्रथम प्याब्सन स्पोर्ट मिट २०७९ अन्तर्गत फूटबल प्रतियोगितामा हिमशिखर इनलिश स्कुल इटहरी-२० लाइ  हराउँदै धरानका डिमोट स्कुल १(३ गोल अंतरले डिपोट स्कुलले आफ्नो पोल्टामा पार्न सफल भएका छन् ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा खेलको पहिलो हापमा कुनै गोल भने हुन सकेन । खेलको दोस्रो हापको १० मिनेटमै डिपोट तर्फबाट खेलाडी जर्सी नम्बर ९ का जेनिस राइले बललाइ सदुपयोग गरेर जाली चुमेर खेलको पहिलो गोल गर्न सफल भए । यो गोल सङ्गै खेल अझ थप रोमान्चक भएको थियो । यता घाइते भएका हिमशिखर स्कुलले बारम्बार बल प्रहार गर्दा समेत डिपोट स्कुलका किपरले आफ्नो पन्जामा बललाई नियन्त्रण गरी गोल हुन बाट जोगाउन सफल भएका थिए । अन्तत घाइते हिमशिखरले २० मिनेटमा जर्सी नम्बर २० का सुसन कार्कीले १ गोल गरी खेललाई बराबरीमा ल्याए पुर्याएका थिए ।

इटहरी हिमशिखर पटक पटक पाएका सुनौला अवसरबाट चुकेको थियो । खेलको दोस्रो हापको २५ मिनेटमा डिपोटका  खेलाडी जेनिस राइले दिएको पासबाट जर्सी नं. १२ का खेलाडी सन्जय राइले पुनस् १ गोल गरि टिमलाई २ गोलको अग्रता दिलाए।

यता इटहरीका घाइते हिमशिखरले गोल लगाउन निकै जोड गरेपनि सफल हुन सकेन । निर्धारित समयको थप ५ मिनेटमा धरानले पुण खेलको अन्तिम ३ मिनेटमा  जर्सी नम्बर ११ का सुजन प्रधानले निर्णायक १ गोल गरेर  फाइनल बिजेता बनाएका थिए । यो सङ्गै धरान डिपोट ३ इटहरी हिमशिखर १ गोलको फराकिलो अन्तरले बिजय भएको हो ।

फाइनल खेलको म्यानअफद म्याच डिपोटका टिम क्याप्टेन बिजय राइ घोषित भए सङ्गै उनले बुट भएको ट्रफी प्रमाणपत्र मेडल पाएका थिए ।  धरान डिपोट  सुजन राइले खेल भरी ४ गोल गरी हाइ बढी गोल गर्न सफल भएका थिए भने उतकृष्ट खेलाडी इटहरी हिमशिखर इङ्लिस स्कुलका सुजन कार्की बने कार्कीले खेल भरी ४ गोल गरेका थिए ।

साथै उदयमान खेलाडीको शिरिज मुन विम एकेडेमी बराहक्षेत्रका निगम तामाङ भएका थिए । बिजेता उप बिजेता लगायत खेलाडीहरुलाइ प्याब्सन सुनसरी जिल्ला अध्यक्ष तथा सभापति अनुप योनजन तामाङ, प्रमुख अतिथि प्याब्सन प्रदेश नम्बर १ का वरिष्ठ उपाध्यक्ष सुमित तामाङ, कार्यक्रम समयोजक मुन विम एकेडेमीका प्रधानाध्यापक देबेन्द्र विष्ट लगायत प्याब्सन बराहक्षेत्र, प्याब्सन रामधुनी, प्याब्सन इटहरीलगायत शिक्षकहरूले प्रमाणपत्र, मेडल, ट्रफी वितरण गरेको थियो ।

प्रतियोगिता छोटोमा खेलाउनु पर्ने भएकोले भने अनुसार पुर्व तयारी गर्न र आर्थिक विनियोजन नभएका खेलाडी प्रतियोगीहरुलाइ नगद पुरुषका दिन नसकेको प्याब्सन सुनसरी प्रथम प्याब्सन स्पोर्ट मिट २०७९ सम्योजक देवेन्द्र विष्टले बताए । यो फुटबल प्रतियोगिता प्याब्सनले सुनसरीमा पहिलो पटक आयोजना गरेको विष्टले बताए ।

यो खेलकुदको माध्यम बाट खेलाडी हरुमा शारीरिक मानसिक रुपमा तिष्न हुने भएकोले आर्थिक रुपलाइ न हेरी श्वस्थ प्रतिस्पर्धा प्रतियोगिता गराएको सम्योजक विष्टले बताए । यो फुटबल प्रतियोगिता लाइ नियमित प्रत्येक शाल समयमा गराउने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा सुनसरीभरीका १२ वटा माध्यमिक विद्यालय सहभागी रहेको थियो । प्रतियोगिता बराहक्षेत्र नमर पालिका वाड नम्बर ५ विशाल चौकको खेलमैदानमा सम्म पन्न भएको थियो ।