भरौल । सुनसरीको वराहक्षेत्रमा छैटौँ संस्करण अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकप फुटबल प्रतियोगिता दोस्रो दिनको खेलमा कञ्चन्जङ्गा फुटबल क्लव सिलगुडी इन्डिया बिजय भएकोमा छन् ।
कञ्चन्जङ्गा फुटबल क्लव सिलगुडी इन्डिया खेलको पहिलो हापको ३२ मिनेटमा जर्सी नम्बर ३ का डिभेन्डर सामेल हलदारको पासमा जर्सी नम्बर ४ का सोनम लेब्चाले सेकेन्ड डिबस बाट सिधै जालीलाइ चुमेर एक गोल गरेर खेललाई अगाडि अग्रता दिएका थिए । पहिलो हापमा आयोजक न्यु स्टार बाट जर्सी नम्बर ७ का सगेन राइको ठाउँमा जर्सी नम्बर १७ का मनिस राइ लाइ मैदानमा प्रवेश गराएका थिए ।
पहिलो खेकको अतिरिक्त थप २ मिनेटको बललाई सदुपयोग गर्दै न्यु स्टार क्लब बराहक्षेत्रले जर्सी नम्बर १२ का अजय चौधरी को फ्री किक प्रहारमा कनचन जङ्गाका किपर निवास राइले बललाई आफ्नो पन्जामा नियन्त्रण गर्न न सक्दा जर्सी नम्बर १७ का खेलाडी सगेन राइले गोल गरी खेललाई १-१ गोल गरी पहिलो हापलाइ वरावरी बनाएका थिए । आयोजकका गोल कर्ता राइ मैदान प्रवेश गरेको ७ मिनेटमा एक गोल गरी आफ्नो खेल उतकृस्ट देखाएका हुन् ।
खेलको दोस्रो हापको शुरुआतमा न्यु स्टार बाट २ जना खेलाडी परिवर्तन दिवस लिम्बू र अनिस लिम्बु खेल मैदान प्रवेश गरेका थिए भने अजय चौधरी र अनिल चौधरी खेल बाट परिवर्तन गरेका थिए । हापक ३ मिनेटमा पाएको फललाइ जर्सी नम्बर ११ का सन्दीप श्रेष्ठ लामो प्रहारमा किपर हात बाट बल फुत्किएर पोलमा लाग्दा फ्री बल सजन राइले राम्रो सदुपयोग गर्न नसक्दा गोललाइ अग्रता दिन बाट चुकेका थिए ।
इन्डियाको खेलाडी जर्सी नम्बर ११ का अनिस राइ घाइते भए पछि उसको ठाउँमा जर्सी नम्बर १० का अमीर लामा प्रवेश गरेका हुन ।खेलको अतिरिक्त थप २ मिनेट सम्म दुवै टिम बाट १-१ गोल भए पछी खेलालाइ ट्राइबेकरमा गोललाइ धकेलेका थिए । ट्राइबेकर मा दुवै टिम बाट ७/७ गोल भए सङ्गै खेललाइ को सटेन डेटमा न्यु स्टारका खेलाडी अनिस लिम्बुले गोल पोल भन्दा वाहिर प्रहार गरे सङ्गै कञ्चन्जङ्गा फुटबल क्लव सिलगुडी इन्डिया बिजय भएर सेमिफाइनलको यात्रा तय गरेका हुन ।
खेलको म्यान अफ द म्याच कञ्चन्जङ्गा फुटबल क्लव सिलगुडी इन्डिया अरुण तामाङ घोषित भए सङ्गै बराहक्षेत्र नगरपालिका वाड नम्बर ४ का वडाध्यक्ष कार्यक्रमका प्रमुख अतिथी असाराम चौधरी र कार्यक्रम सम्योजक बराहक्षेत्र नगरपालिका वाड नम्बर ५ का वडाध्यक्ष रोहित काफ्लेले नगद ५ हजार समिति मेडल प्राप्त गतेका थिए ।
प्रतियोगितामा सिलिगुडी भारतको कन्चनजङ्घा एफसी, दार्जिलिङको जनमूक्त परिवारसहित राष्ट्रिय जागृति क्लब इटहरी, एन्फा मोरङ, क्षमादेवी प्लानिङ बोइज युनाइटेड काठमाडौ, डिवाइन बोइज युनियन काठमाडौ, केबीए ग्लोबल भरतपुर एफसी र आयोजक न्युस्टार क्लबबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रत्येक खेलका उत्कृष्ट खेलाडी म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, गोलकर्ता, प्रशिक्षक र उदयीमान खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।प्रतियोगिताको टिकट दर ५० रुपैयाँ राखिएको छ भने फाइनल खेलमा १ सय रुपैयाँ तोकिएको छ ।
आजको खेल गत सालको विजेता क्षमादेवी प्लानिङ्ग ब्वाइज युनाइटेड काठमाडौ र आमुत परिवार दार्जिलिङ इनडिया बिच दिनको ठिक ३ः०० बजे हुने आयोजकले जनाएको छ । चैत २२ गते सम्म चल्ने प्रतियोगिता वराहक्षेत्र ५ जडेज मा.वि.को खेलमैदानमा भइरहेको छ।