देउराली ।  धरान खानेपानी बोर्डबाट निकालिएका चालक तेजबहादुर राई पुनः बहालीको माग राख्दै वडाध्यक्षहरूलाई गुहार गरिरहेका छन् । 

चालक राईले आफूलाई अन्यायपूर्ण रूपमा निकालिएको भन्दै जागिरमा पुनः बहालीको पहल गरिदिन धरान उपमहानगरका विभिन्न वडाका वडाध्यक्षहरू समक्ष गुहार गरिरहेका हुन् । 

गाडी चलाएरै ७ जनाको परिवार पालिरहेका राईले विना कुनै पूर्व सूचना वा स्पष्टीकरण जागिरबाट निकालिदिँदा  रोजी रोटी नै खोसिएको भन्दै  पुनः बहालीको पहल गरिदिन  वडाध्यक्षहरू  निवेदन दिएका हुन् । राईले आइतबार धरान १९ का वडाध्यक्ष पूर्ण बहादुर लिम्बू सहित उपमहानगरका १४ वटा वडामा निवेदन दिएको बताए।

उपमहानगरका २० वटै वडाका वडाध्यक्षलाई  निवेदन दिने भन्दै राईले भने " यदि पूर्व जानकारी गराएर निकालिएको भए के गर्ने भन्ने तयारी गरिन्थ्यो तर हाजिर गर्न गएका  बेला निकालिएको भन्ने थाहा पाए । एक हप्तापछि करार भङ्ग गरिएको पत्र पाए,  किन निकालिएको भन्ने अझै अन्योल छु ।"
 नगरप्रमुख  हर्कराज राईको  मौखिक निर्देशनबाट जागिर गुमाएका राई  कार्यपापालिकामा आफ्ना कुरा राखिदिन र पुनः बहालीको पहल गरिदिन वडाध्यक्षहरूलाई निवेदन दिएको बताए । 

उनले आफूलाई कामबाट निकाल्न लगाइएको गैर जिम्मेवार भएको भन्ने आरोप लगाइएको भन्ने पुष्टि गरिदिए वा स्पष्टीकरण समेत लिइदिएको भए आफू स्पष्टीकरण दिन समेत तयार रहको बताए । 

"न मलाइ सोधिएको छ , न तेरो गल्ती यो हो भनेर औँल्याइएको छ । "  उनले भने " अहिले सुन्छु कोकामा पाइप तानिन अरे, मापासे गरोको थियो की भन्ने शङ्का लग्यो अरे ,  लागुऔषध प्रयोग गरेको हो कि भन्ने शङ्का लाग्यो अरे । वडा अध्यक्षहरूको हतियार भए अरे । 'अरे' को भरमा मलाइ जागिरबाट निकालिएको रहेछ । मलाइ स्पष्टीकरण दिने मैका दिनु पर्छ । "

 २०७७ साल कार्तिक २७ गते कोरोना सङ्क्रमित शव बोक्ने चालकका रूपमा नियुक्त गरिएको राईलाई सङ्क्रमण सकिएपछि बोर्डमा करारमा नियुक्त गरिएको थियो । गत चैत २३ गते धरान उपमहानगरपालिकाका नगरप्रमुख  राईको कोकाह खोलामा भइरहेको खानेपानीका लागि श्रम अभियानमा सामान पुर्‍याएर फर्कने क्रममा  उनले चलाउने बोर्डको पिकअप भ्यान दुर्घटना भएको थियो । 
दुर्घटना पछि पनि हाजिरी गरिरहेका  राईलाई वैशाख २ गतेबाट  हाजिरी गर्न रोक लगाइएको थियो । 


341741833-687609729801572-8745597366441374594-n