वराहक्षेत्र नगरपालिकाले नगरका निष्क्रिय सहकारीलाई खारेजी गर्ने भएको छ । 

 नगरका १३ वटा सहकारी संस्थालाई खारेजी गर्ने तयारी गरेको उल्लेख गर्दै संस्थासँग लेनदेन बाँकी भएका तथा शेयर सदस्य र सरोकारवालालाई  मंगलबार नगरपालिका १५ दिने सूचना जारी गरेको छ । 

तत्कालीन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय, इनरुवाबाट स्थानीय सरकारको मातहतमा आएसँगै  डिभिजन कार्यालयबाट प्राप्त अभिलेखमा उल्लेख भएका  ती सहकारीले  विगत चार आर्थिक वर्ष देखिको कुनै पनि आर्थिक कारोबारको जानकारी नपठाई निष्क्रिय अवस्थामा रहेका सूचनामा उल्लेख गरिएको छ । 

निष्क्रिय रहेका ती सहकारीलाई  सम्पूर्ण आर्थिक वर्षको साधारण सभाको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र कर चुक्ताको प्रमाण पत्र सहितको विवरण पेस गर्न  गत माघ १७ गते  नगरपालिकाले १५ दिन सूचना जारी गरेको भए पनि उक्त सूचना बमोजिम कुनै प्रतिवेदन नआएपछि खारेजीको प्रक्रियामा जानु परेको बताइएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौलाको हस्ताक्षर रहेको उक्त सूचनामा भनिएको छ "  २०७४ को दफा ६६ (३) बमोजिम दर्ता खारेजीको लागि आवश्यक प्रक्रिया अगाडी बढाउनु पर्ने भएको हुँदा तपसिल बमोजिमका सहकारी संस्थाहरूसँग बाँकी लेनदेन तथा बरबुझारथ हुने लगायत सम्पूर्ण शेयर सदस्य र सरोकारवाला समक्ष वराहक्षेत्र नगरपालिकाको सहकारी ऐन, २०७४ को दफा ६६ (४) बमोजिम १५ (पन्ध्र) दिने सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।"

सूचनामा उल्लेख  भएअनुसार नगरपालिकाले निम्न सहकारीको खारेजीको गर्ने भएको छ 

चारकोशे दुग्ध उत्पादक सहकारी संस्था लि  वराहक्षेत्र  ५

सौन्दर्य बचत तथा ऋण सहकारी संस्था लि वराहक्षेत्र ११

समाचखेवा लघु उद्यम सहकारी संस्था लि वराहक्षेत्र  ४

निलकमल कृषि सहकारी संस्था लि वराहक्षेत्र ३

कान्तिपुरी कृषि सहकारी संस्था लि वराहक्षेत्र  ७

कटहरे बचत तथा ऋण सहकारी संस्था लि वराहक्षेत्र  १

सामविका महिला बहुउद्देश्यीय सहकारी संस्था लि, वराहक्षेत्र  ६

उत्सुकता बचत तथा ऋण सहकारी संस्था लि, वराहक्षेत्र १०

छिन्नमस्ता उपभोक्ता सहकारी संस्था लि,  वराहक्षेत्र  २

अजम्बरी उपभोक्ता सहकारी संस्था लि, वराहक्षेत्र  १०

समावेशी बचत तथा ऋण सहकारी संस्था लि, वराहक्षेत्र  ७

बाङ्गेबाजार बचत तथा ऋण  सहकारी संस्था लि, वराहक्षेत्र  ७ र 

महाकुम्भ लघु उद्यम सहकारी संस्था लि, वराहक्षेत्र   १

344299716_925228642021480_9160716864282180658_n (1)