संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादामालावापतको रकम भोजपुरको अम्चोक गाउँपालिका–९ स्थित सरस्वती माविलाई हस्तान्तरण गरेका छन् ।

खादामाला वापत शुभेच्छुकहरूले चन्दा बाकसमा जम्मा गरेका रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन्  । मन्त्री किरातीले खादामालावापत सङ्कलन रकम छ लाख २६ हजार ३४ रुपैयाँ  एक कार्यक्रममा बीच आज हस्तान्तरण गरेका हुन् ।

गृह जिल्ला भ्रमणमा रहेका मन्त्री किरातीले यसपटकको दसैँ चौरीपालक र भेडा पालक किसानसँग मैयुङ डाँडामा मनाउने भएका छन् । आफू जिल्ला भ्रमणमा रहँदा स्कटिङ गर्न तथा स्वागत गेट नबनाउन प्रशासनलाई निर्देशन दिएका थिए ।

उनले यसपटकदेखि मञ्चमा नबस्ने तथा आफू प्रमुख अतिथि हुने कार्यक्रममा आफूलाई प्रमुख अतिथि नबनाउन पनि आग्रह गरेका छन् ।