धरान उपमहानगरपालिका-८ स्थित भोटेपुलमा ‘हाना क्याफे’ सञ्चालनमा आएको छ ।

११ वर्ष कोरिया बसेर फर्किएका समिक राई र ५ वर्ष कोरिया बसेर  फर्किएका रुपन मगरले सञ्चालन गरेको क्याफेमा कोरियन परिकारसँगै बबल टि, चाउमिन, मःम लगायतका खाजा आईटम पाईने बताइएको छ । क्याफेमा एक पटकमा ४० जना बस्न मिल्ने व्यवस्था छ ।  

भोटपुल स्थित होटल गजुर प्यालेस नजिकै खुलेको क्याफेमा केही दिनका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालन राईले जानकारी दिए ।