इटहरी । सुनसरीको इटहरीमा बिहीबारदेखि कम्प्युटर व्यवसायीहरूको छाता सङ्गठन क्यानले क्यान इन्फोटेक–२०२४ आयोजना गर्ने भएको छ ।
क्यान इन्फोटेकको कोशी प्रदेश सामाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्कीले उद्घाटन गर्ने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । यही फागुन १४ गतेसम्म सञ्चालन हुने इन्फोटेकमा ६५ वटा स्टलहरू राखिएको क्यान महासङ्घ सुनसरीका अध्यक्ष सन्देश राईले जानकारी दिए । यो क्यान सुनसरीको छैठौं इन्फोटेक रहेको अध्यक्ष राईले बताए ।
इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवर्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो कोरोनापछि सूचना प्रविधितर्फ कोशी प्रदेशकै पहिलो ठूलो इभेन्ट हुनेछ ।
इटहरीको सानो जनता स्कुलको मैदानमा हुने ५ दिने मेलामा कोशी प्रदेशबाट १ लाख आन्तरिक पर्यटक भिœयाउने र सो अवधिमा ३ करोडसम्मको कारोबार गर्ने लक्ष्य रहेको केन्द्रीय सचिव श्रेष्ठले बताए । मेलामा ३५ लाख खर्च हुने अनुमान गरिएको छ ।