प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई  तथा शुभकामना दिएका छन् ।

उक्त अवसरमा उनले विजेता परियारलाई गितार उपहार दिएका थिए। प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिँदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुख–दुःखमा आफू साथमै रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मिहिनेत गर्ने विश्वास व्यक्त गरे।