धरान/जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले ट्राफिक सप्ताह समापन गरेको छ ।

विभिन्न ठाउँमा ट्राफिक नियम र सुरक्षितरूपमा सवारी सञ्चालन गर्ने विषयमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख इन्स्पेक्टर सुवास केसीले जानकारी दिए ।
बुधबार यातायात व्यवसायी, जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूबीच ट्राफिक सप्ताह समापनका अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो।

धरानलाई कसरी सवारी दुर्घटनाबाट जोगाउने, बढ्दो सवारी चापको गतिलाई कसरी कम गर्नेलगायतका विषयमा छलफल गरिएको थियो। आगामी दिनमा धरानका हरेक स्कुलका कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरूमा सवारी दुर्घटना र ट्राफिक नियम पालनासम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने इन्स्पेक्टर केसीले बताए।

धरानका सरोकारवालाले ट्राफिक नियमलाई कडाइ गर्नसके सवारी दुर्घटना विस्तारै कम हुने धरानका पूर्व नगर प्रमुख तिलक राईले सुझाव दिए । धरानको ट्राफिक ब्यवस्थालाई निरन्तरता राख्न सवारी दुर्घटना रोक्न धरानवासी नागरीहरुले समेत सहयोग गर्ने बताएका छन्।