परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनिहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको छ। त्यसक्रममा नेपाल–भारत द्विपक्षीय हित, परराष्ट्र सम्बन्ध र जनस्तरको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री डा राणाको सचिवालयले जनाएको छ। 

भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणालाई बधाई दिनुहुँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु थियो। परराष्ट्रमन्त्री ड. राणाले सोमबार पद तथा गोपनियताको सपथसँगै पदबहाली गरेकी हुन।