धरान जेसिजले गायिकाद्वय विष्णु चेम्जाेङ र प्राश्ना शाक्यलाई सम्मान गरेकाे छ ।

शुक्रबार धरान जेसिजकाे जेसिज सप्ताहकाे समापनका अवसरमा गायिका विष्णु चेम्जाेङलाई जेसिज युवा सम्मान र प्राश्ना शाक्यलाई जेसिज सम्मान प्रदान गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि काेशी प्रदेश प्रमुख पर्शुराम खापुङ, विशेष अतिथि काेशी प्रदेशसभा सदस्य यसाेदा कायस्थ, धरान जेसिजकी अध्यक्ष आयुष्मा शाक्यले दाेसल्ला, पुष्पगुच्छा र सम्मानपत्र प्रदान गरे ।

प्रथम नेपाल स्टार विजेता तथा मिस नेपाल सन् २०११ कि मिस ट्यालेन्ट गायिका चेम्जोङले चेसुङ, एउटा यस्ताे प्रेम कहानी, तारेभीर लगायतका चलचित्रमा अभिनय गरेकी छन् । त्यस्तै गायिका शाक्यले विभिन्न चर्चित गीतहरु गाएकी छन् । 

कार्यक्रममा प्रदेश प्रमुख खापुङले सम्मानित दुवैलाई बधाई तथा प्रगतिकाे कामना गरे ।

एक सातादेखि आयाेजना गरिएका विभिन्न कार्यक्रमकाे समापनसँगै अध्यक्ष आयुष्मा शाक्यले जेसिज सप्ताहमा सहयाेग पुर्याउनेहरुमा मायाकाे चिनाे प्रदान गरिन् ।