धरान : संविधानमा स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था रहे पनि गठबन्धनका नाममा देशका धेरै ठाउँमा पुरुषहरूले दुवै पद ओगटेका छन् । आउँदो २०८४ सालको चुनावमा भने यस्तो अवस्था हुन नदिन अर्थात् नेतृत्वमा महिलालाई पु¥याउन अभियान सञ्चालन भइरहेको छ । शुक्रबार धरानमा पनि ‘महिला नेतृत्व, मिसन–८४’ नारासहित ¥याली र कोणसभा गरिएको छ ।

संविधानले ग्यारेन्टी गरेको महिला, दलित, जनजाति तथा सीमान्तकृतलाई समान अधिकार कार्यान्वयनका लागि अभियान सञ्चालन गर्दै आएको अन्तरपुस्ता महिलावादी मञ्चले धरान महिला सञ्जाल र विभिन्न महिला समूहसँग सहकार्य गरेर ¥याली प्रदर्शन गरेको हो । मञ्चले देशव्यापीरूपमा ‘अनुपम अभियान’ का नाममा यो अभियान सञ्चालन गरिरहेको छ । शुक्रबार धरान उपमहानगरपालिका कार्यालयअगाडिबाट छाताचोक, पुरानो बजार, देशीलाइन हुँदै भानुचोक पुगेको पञ्चेबाजासहितको महिलाहरूको ¥यालीले लोकतान्त्रिक चौतारीमा कोणसभा गरेको थियो ।

IMG_3299

कोणसभामा बोल्दै अन्तरपुस्ता महिलावादी मञ्चकी संयोजक सरु जोशीले निर्वाचनका बेला दलहरूले गठबन्धनका नाममा महिलाहरूलाई पछि पारेर पुरुषहरू हाबी भएको भन्दै अब यस्तो हुन नदिन खबरदारीका लागि अभियान सञ्चालन गरेको बताइन् । देशका ३३ जिल्लामा अभियान सञ्चालन भएको बताउँदै उनले भनिन्, ‘महिलाहरू दल, जाति, सम्पन्नतामा विभाजित हुँदा हामी झन् कमजोर हुन्छौं । हामी एकजुट हुनु आवश्यक छ । यो अभियान त्यसैका लागि हो ।’

धरान उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख मञ्जु भण्डारी सुवेदीले संविधानले प्रदान गरेको हक प्राप्त हुनुपर्ने बताइन् । लडेर ल्याएको व्यवस्थामा महिलाहरूले पनि कानूनले दिएको अधिकार उपभोग गर्न पाउनु पर्ने बताउँदै उनले भनिन्, ‘पहिला विभिन्न नाममा विभाजित भए पनि अब एकजुट भएर मेचीदेखि महाकालीसम्मका महिला एकजुट हुनुपर्छ । हामी एकजुट नहुँदा हामी पछि परेका छौं ।’

IMG_3351

उनले सत्तामा महिला हुँदा मात्र महिलाले आफ्ना समस्या र विषयवस्तु खुलेर व्यक्त गर्नसक्ने आफ्नो अनुभव रहेको बताइन् । उनले धरानमा पनि नगर प्रमुख र उपप्रमुख दुवै पुरुष रहेको बताउँदै यो संविधानको मर्मविपरीत भएको उदाहरण दिइन् । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सरिन तामाङले पनि सबै महिला एकजुट हुनुपर्नेमा जोड दिइन् । उनले पार्टीले टिकट दिएर मात्र नहुने भन्दै महिलाहरूले आफ्नो क्षमता पनि वृद्धि गर्नुपर्ने बताइन् । महिला सञ्जाल र विभिन्न महिला सङ्गठनहरू सहभागी थिए । अन्तरपुस्ता महिलावादी मञ्चले २०८० देखि २०८४ सम्मका लागि देशव्यापी महिलावादी अनुपम अभियान सञ्चालन गरिरहेको छ । यसको मुख्य उद्देश्य महिलालाई नेतृत्वमा पु¥याउनु हो । 

IMG_3280

IMG_3292

IMG_3284

IMG_3290