धरान-१८ स्थित बिर्तामोड डाईग्नोसिस सेन्टर एन्ड पोलिक्लिनिक प्रालिमा अध्याधुनिक फोर डि भिडियो एक्स-रे मेसिन सञ्चालनमा ल्याएको छ ।

महिला सञ्जाल धरानकी पूर्वअध्यक्ष तथा समाजसेवी शिला बज्राचार्यले आईतबार एक कार्यक्रमका बीच उक्त फोर डि हाईरेजुलेसन एक्स-रेको उद्घाटन गरेकी छन् । 

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बज्राचार्यले विरामीका लागि धरानमै अध्याधुनिक सेवा उपलब्ध हुनु धरान तथा कोशी प्रदेशका वासिन्दाका लागि खुसीको कुरा भएको बताईन् । उनले पोलिक्लिनिक सञ्चालकसँग यस्तो अत्याधुनिक सुविधा गरिब दुखीले पनि पाउनु पर्ने भन्दै अत्यन्तै गरिबलाई निशुल्क र गरिब, विपन्न र महिलाका लागि विशेष छुटको व्यवस्था गर्न आग्रह गरिन् ।

IMG_4625

पोलिक्लिकका सञ्चालक नरेन्द्र देवले पहिला देखि नै ल्याब शुल्कमा विपन्नका लागि २५ प्रतिशत छुट दिंदै आएको र यसमा विपन्न तथा महिलाका लागि विशेष छुट दिईने बताए । उनले हालसम्म थाहा भए अनुसार यो एक्स-रे कोशी प्रदेशमै पहिलो पटक जडान गरिएको बताए । करिब ८० लाख खर्चमा जडान गरिएको यो एक्स-रेबाट गर्भवती महिलाको १८ देखि २४ हप्तासम्मको बच्चाका कुनै अंगमा समस्या भए प्रष्ट देखिने भएकाले उपचार गर्न सहज हुने सञ्चालक देवले बताए । त्यस्तै कलेजोको ईलाष्ट्रोग्राफी, मुटुको ईको कार्डियोग्राफी, पाठेघरको मुखको परिक्षण टिभिएस लगायतका लागि सहज हुने उनले बताए । 

१० वर्षदेखि सञ्चालिन पोलिक्लिनिकमा प्याथोलोजी, फोक्सो, छातिको एक्स-रे, ईसिजी लगायतका सेवा उपलब्ध गरेको सञ्चालक देवले जानकारी दिए ।