विजयपुर । नेपाल नाई सङ्घ धरान उपमहानगरपालिका समितिका युवाहरूले आयोजनामा गरेको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत सङ्कलन भएको छ ।
मङ्सिर २५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ब्लड बैङ्कमा कार्यक्रम भएको थियो । नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।
सङ्घका सदस्य राजेश ठाकुर मनोज ठाकुर, बिरेन्द्र
ठाकुर, पिन्टु ठाकुर र नारायण ठाकुर मिलेर कार्यक्रम गरेका हुन् । सङ्घका
सदस्य राजेशको अध्यक्षतामा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाका
उपप्रमुख अइन्द्र विक्रम बेघा प्रमुख अतिथि थिए ।