हिजो मुलुकभरि नेपालको राष्ट्रिय झण्डा दिवस मनाइयो । नेपालको राष्ट्रिय झण्डा जस्तो दुई त्रिकोणात्मक विश्वको अन्य कुनै पनि मुलुकको छैन । यो अरु भन्दा पृथक र गौरवशाली परम्परा बोकेको राष्ट्रको चिनारी हो । ब्रिटिश साम्राज्यको कब्जामा आउनुभन्दा अगाडिसम्म भारतीय महाद्वीपमा १०० भन्दा बढी स्वतन्त्र राज्यहरु थिए र ती सबैका राष्ट्रिय झण्डा अस्तित्वमा थिए, तर जब ब्रिटिश साम्राज्य भारतीय महाद्विपमा घुस्यो ती सबैका सार्वभौमसत्ता र राष्ट्रिय झण्डा हरायो । मात्र नेपाल मात्र यस्तौ मुलुक भयो जसको न त कुनै साम्राज्यवादीहरुले मुलुक नै कब्जा गर्न सके, न त सार्वभौमसत्ता र राष्ट्रिय झण्डा नै खोस्न सके । विश्वभरि नेपालको अस्तित्व र पहिचान गौरवको विषय बनिरहयो र दुई त्रिकोण आकारको राष्ट्रिय भण्डा फहराई रहयो ।

सँयुक्त राष्ट्र संघमा हिजोकै दिन २०१९ पौष १ गते दिन विश्वव्यापी रुपमा अंगिकृत गरिएको दिन भएकोले काठमाण्डौको बसन्तपुर लगायतका मुलुकका विभिन्न ठाउँहरुमा झण्डासहितको र्याली र सभाहरु गरेर राष्ट्रिय झण्डा दिवस मनाइएको हो । शान्ति र बहादुरीको गाथाको पर्यायको रुपमा नेपालको झण्डालाई परिभाषित गरिएको छ । बेलाबेलामा यसको रुप र रंग परिवर्तन हुँदै आएको र राजा महेन्द्रको पालामा उनले इञ्जिनियर शंकरनाथ रिमाललाई अनुरोध गरेर केही हेरफेर भएदेखि हालसम्म नेपालको झण्डा पहराई रहेको छ ।

नेपालको झण्डालाई शान्ति र बहादुरीको मात्रै नभई राष्ट्रियता, स्वतन्त्र, अविभाज्य र सार्वभौमसत्ता सम्पन्नको प्रतीकका रुपमा लिने गरिएको छ । भलै हाम्रो मुलुक अप्रत्यक्ष रुपमा अरुले नै सञ्चालन गरिरहेका छन्, राष्ट्रिय झण्डाको अपमान मात्रै भएको छैन, विश्वभरि बहादुर नागरिकका रुपमा परिचित नेपालीहरुको शीर लाज र शर्मले झुकेको छ । हामी हामीले चाहेको प्रधानमन्त्री वा मन्त्रीमण्डल बनाउन सक्ने अवस्थाका छैनौ । २०४६ साल अघिसम्म छुन नसकेको नेपाल र नेपाल सरकार ०७२ को संविधान जारी भएपछि त सुक्ष्म व्यवस्थापन गर्ने ढंगबाट भारत र अमेरिका हाबी भइरहेका छन् । सेना, प्रहरी, कर्मचारीतन्त्र  जसले नेपाल आमाको सपथ खाएका छन् त्यहा“भित्र पसेर उनीहरुको व्यवस्थापन सुक्ष्म ढंगबाट गरिरहेका छन् । दासढुंगा हत्याकाण्ड, दरबार हत्याकाण्ड जस्ता घटनाहरु उनीहरुको मुखिञ्जेल मात्रै हैन कतिपय उनीहरुकै सक्रियतामा भएको छ । भौतिक हिसाबले हाम्रो राष्ट्रिय झण्डा ठिंग उभिएको देखिएता पनि झण्डाको मनमस्तिष्क झुकेको छ । नेपाल आमाको छात्तिमाथि गद्दारीको प्रक्रिया नरोकिएसम्म र नेपाली जनता नजागेसम्म राष्ट्रिय झण्डाले शिर उँचो गर्न पाउने अवस्था हु“दैन । झण्डालाई झुक्ने अवस्था आउन नदिन अहिलेदेखि नै भूमिका निर्वाह गर्ने अभियानमा लागौं ।