इटहरी । इटहरी उपमहानगरपालिकाको गेट अगाडी राखिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको हो ।
यस्तै इटहरीकै बुढीपुलमुनि भेटिएको शंकास्पद वस्तुसमेत बम भएको आशंका गरिएको छ । सुरक्षाकर्मीले घेरेर बम डिस्पोजको तयारी थालेका छन् ।
उपमहानगरपालिकाको गेट अगाडी राखिएको बमसँगै राष्ट्रिय सुरक्षा दलको पर्चा भेटिएको छ । पर्चामा केन्द्रिरय अध्यक्ष भन्दै नरसिंहको नाम र हस्ताक्षर रहेको छ ।
लेटरप्याडमा लेखिएको पर्चामा हिन्दु राष्ट्र स्थापना, संघीयता खारेजी गर्नुपर्ने, स्थानीय तहलाई बलियो बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने लगायतका माग राखिएको छ ।
प्रहरीले पर्चाको विषयमा अनुसन्धान गरिरहेको डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । बम राखिएको भनेर अपरिचित नं. बाट फोन आएको प्रहरीले जनाएको छ ।