धरान । लागूपदार्थ सेवन(लापसे) गरेर सवारी चलाउने १४ चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
मङ्गलबार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी अस्पताल र प्रहरी चौकी तरहराबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधनहरूको चेकजाँच गरेको थियो ।
तीन घण्टाको अवधिमा इटहरी–२० स्थित सडक–खण्डमा गुड्ने सवारीबाट १४ चालक तथा सह–चालक लागूऔषध सेवन गरेर सवारी चलाएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले यात्रु बस तथा मालवाहक सवारी चेकजाँच गरेको थियो ।
पक्राउ पर्नेमा मोरङ बेलबारी–२ का चालक उज्वल श्रेष्ठ, तेह्रथुम लालीगुराँस नगरपालिका–३ का २५ वर्षीय निश्चल कार्र्की, उदयपुर त्रियुगा नगरपालिका–३ का २८ वर्षीय किरण थापा, झापा गौरादह नगरपालिका–४ का ३९ वर्षीय हरिबहादुर ठकुरी, बेलबारी नगरपालिका–२ का २६ वर्षीय उज्वल श्रेष्ठ, उर्लाबारी नगरपालिका–६ का २२ वर्षीय भूवन न्यौपाने, तेह्रथुम लालीगुराँस नगरपालिका–३ का २५ वर्षीय निश्चल कार्की, उदयपुर त्रियुगा नगरपालिका–३ का २८ वर्षीय किरण थापा, ५ नं. वडाका २२ वर्षीय राहुल राई रहेका छन् ।
यस्तै झापा गौरादह नगरपालिका–४ का ३९ वर्षीय हरिबहादुर ठकुरी, मोरङ कानेपोखरी गाउँपालिका–४ का ४६ वर्षीय श्याम चौधरी, झापा कन्काई नगरपालिका–१ का ३५ वर्षीय रूपलाल ऋषिदेव, सुनसरी धरान उपमहानगरपालिका–८ का २१ वर्षीय अमिन राई, झापा मेचीनगर नगरपालिका–१२ का १९ वर्षीय सुमन विक, इटहरी उपमहानगरपालिका–१३ का २० वर्षीय समिर मगर, सोही वडाका ४१ वर्षीय कृष्ण सुवेदी, इटहरी–१२ का २८ वर्षीय सुबोध चौधरी, वडा नं. २ का दीपक घले रहेका छन् ।
चेकजाँचको क्रममा उनीहरूले लागूपदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरी अस्पतालका डा. शत्रुधन बहरदारले चेकजाँच गरेका थिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सनुसरीका एसपी सुमन तिम्सिनाले जानकारी दिए ।