धरान/नेपाली काङ्ग्रेसको भातृ सङ्घ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ सुनसरीको प्रथम जिल्ला अधिवेशन उद्घाटन भएको झण्डै ६ महिना पछि कार्यसमिति चयन भएको छ । 

1735992191297

गत भदौ २४ गते बीपी जयन्तीको अवसर पारेर नेपाली काङ्ग्रेसका नेता धनराज गुरुङले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका सदस्य राजीव कोइराला, कोशी प्रदेशका महामन्त्री उमेश थापा, सुनसरी सभापति केदार भण्डारीलगायतको उपस्थितिमा उद्घाटन भएको थियो । 

उद्घाटन भएको लामो समयपश्चात् शनिबार तिलकबहादुर सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको हो । समितिको उपसभापतिमा मेनुकुमारी राई, रामफल मण्डल, सचिवमा डम्बर लिम्बू र महेश चौधरी, सहसचिव छिरिङ शेर्पा र दिलकुमारी चौधरी चयन भएका छन् । 

यसै गरी सदस्यहरूमा अर्जुन राई, इन्द्रलाल उराँव, मुना लिम्बू, रेखा चौधरी, उमेशकुमारी चौधरी, सम्पतलाल उराँव, छेदीलाल चौधरी, विशेश्वर उराँव, गीतनारायण चौधरी, गङ्गाबहादुर लिम्बू (गगन), टेकबहादुर तामाङ, मुस्कान सुनुवार, नवर्दा श्रेष्ठ राई, चित्रबहादुर राई, र सुनित राई रहेका छन् । निर्वाचित पदाधिकारीलाई लोकतान्त्रिक वकिल एसोसिएसनका अध्यक्ष एवम् निर्वाचन मण्डलका संयोजक अधिवक्ता रामनाथ गुरागाईंले सपथ ग्रहण गराएका थिए । 

कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रदेश सदस्य एवम् नेपाल तरुण दलका सुनसरी अध्यक्ष सिजन गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सदस्य सुरज (सूर्य) राई, जिल्ला उपसभापति नागेशचन्द्र राई, पंकज मेहतालगायतको उपस्थिति रहेको थियो ।