धरान । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देश अब आत्मनिर्भर बनाउमेतर्फ सबैको चाासो र चिन्ता हुनुपर्ने बताएकी छन् ।

सुनसरीको धरानमा आज (शुुक्ररबार) एक कार्यक्रममा उनले भनिन्, "अब हामी आत्मनिर्भर नबनी सुखै छैन ।" 

उनले कृषिको अपार सम्भावनालाई सबै तहबाट अगाडि बढाउन आग्रह गरिन् । उनले आत्मनिर्भर बनाउने खालको शिक्षा आवश्यक रहेको बताएकी छन् । 

आजका युवामा तीव्र गतिमा दाैडने खालको रहेकाले शिक्षामा पनि आत्मनिर्भर बनाउने खालको आवश्यक रहेको बताइन् ।

उनले धरानको खाानेपानीको विषयमा पनि बोलेकी थिइन् ।