धरान । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी सुनसरीले मैैत्रीपूर्ण फुटसल खेलेर मनाएको छ ।

प्रेस चौतारी नेपाल सुनसरी र नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरानबीच फुटसल भएको थियो । खेलको उद्घाटन नेकपा (एमाले) केन्द्रीय सदस्य मञ्जु भण्डारीले गरेकी थिइन् । प्रतियोगितामा चौतारीलाई ७–५ गोलअन्तरले पराजित गर्दै महासङ्घ विजयी भएको थियो । उद्घाटनसँगै केक काटेर प्रतियोगिता सुरु गरिएको थियो ।

प्रेस चौतारी सुनसरीका अध्यक्ष विकास चाम्लिङको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा कोशी प्रदेश सह–इञ्जार्च देबेन्द्र कार्की, चौतारी केन्द्रीय सदस्य तथा पत्रकार महसङ्घ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, कोशी प्रदेससभा सदस्यद्वय विजय राई र रमेश बस्नेत, पूर्व सांसद जयकुमार राई, नेकपा एमाले प्रदेस कमिटी सदस्य तथा प्रचार प्रसार सह–सयोजक भीमज्वाला राईलगायतको उपस्थिति रहेको थियो । यसैगरी सङ्गठनले साँझ धरान, इटहरी र इनरुवा, वराहक्षेत्रमा दीप प्रज्वलनसमेत गरेको छ ।