श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल फागुन ७ गते बुधबार, १९ फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण कृष्णपक्षको षष्ठी तिथि ०७ः५२ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र स्वाती १०ः५६ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्याेदय ०६ः३७ बजे र सूर्यास्त १७ः५७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मित्रजनसँगको भेटघाटले समेत उत्साह बढाउला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला । नयाँ कामको जिम्मेवारी आउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुनसक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कडा परिश्रम गर्नुपर्ला। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्य भने कमजोर रहनेछ।आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामका अवसर प्राप्त हुनेछन् । पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। श्रम गरेअनुसार राम्रो प्रतिफल प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।