श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८१ साल फागुन ८ गते बिहीबार, २० फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण कृष्णपक्षको सप्तमी तिथि १०ः१८ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र विशाखा ०१ः४६ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्याेदय ०६ः३६ बजे र सूर्यास्त १७ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धनलाभ हुनेछ। विभिन्न भौतिक साधन प्राप्तिको योग छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अतिथिको रूपमा सत्कार पाइनेछ। रमाइलो यात्रा हुनसक्छ ।सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले साथ दिनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धामा विजयी भइनेछ र द्वेष गर्नेहरूले हार खानेछन्। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानो प्रयत्नले राम्रै अवसर दिलाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ गर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले राम्रै उपलब्धि दिलाउनेछ। लाभ हुने काम थालनी हुनेछ।अवसरका साथै चुनौतीसमेत देखापर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। लाभ हुने काम प्रारम्भ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका आउला। प्रतीक्षित नतिजा पनि सबल नै रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। नयाँ अवसरले सफलताको यश पनि दिलाउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिगो योजना अघि बढ्नेछ। कामले प्रतिष्ठा दिलाउनेछ। साथीभाइसँगको असमझदारी सम्झौतामा टुङ्गिनेछ।