श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल फागुन ९ गते शुक्रबार, २१ फेब्रुअरी  २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुन कृष्णपक्षको अष्टमी तिथि १२ः१७ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र  अनुराधा ०४ः०९ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः३५ बजे र सूर्यास्त १७ः५९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। गोपनीयतामा ध्यान पु¥याउनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पेसा–व्यवसायमा सामान्य लाभ उठाउन सकिनेछ।रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गरे दिगो फाइदा हुने काम हातलागी हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।   
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापारलगायत कामकाजमा मनग्य फाइदा हुने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पु¥याउनु होला। गरेको कामले आशा जगाउनेछ।