श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल फागुन १४ गते बुधबार, २६ फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण कृष्णपक्षको त्रयोदशी तिथि ०९ः३० बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र श्रवण ०५ः३८ बजेसम्म, धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः३० बजे र सूर्यास्त ०६ः०२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । विशेष काममा जग बसाउने अवसर जुट्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति आउला। अरूका काममा समय बित्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ । कामले उत्साह जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गर्दा धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बावजुद जिम्मेवारी थपिनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत गर्दा केही प्रतिफल पाइनेछ।अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। स्वास्थ्य कमजोर रहनेछ । पहिलेको योजना स्थगित हुनसक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जोखिम हुने काम थालनी गर्नुअघि विचार पु¥याउनुहोला। चिताएको काम रोकिनाले दोहो¥याउनुपर्ने स्थिति आउला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आशा देखाउनेहरूले धोका दिनेछन्, सजग रहनुहोला।सुन्दर पहिरनले व्यक्तित्व निखार्दै अवसर हातपार्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइलो तथा व्यावसायिक यात्रा हुनसक्छ। अतिथिका रूपमा सत्कारसमेत पाइएला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनपर्ने भौतिक साधन जोड्ने समय छ। आयबद्र्धक काम प्रारम्भ गर्न सकिनेछ।