श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८१ साल फागुन १५ गते बिहीबार, २७ फेब्रुअरी  २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण कृष्णपक्षको चतुर्दशी तिथि ०९ः१३ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र धनिष्ठा ०३ः५९ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०६ः३० बजे र सूर्यास्त ०६ः०२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
एकपछि अर्काे अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग जुट्नाले काममा हौसला मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
द्वेष वा ईष्र्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, विस्तारै फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा हात हाल्ने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।लगनशीलताले विस्तारै उपलब्धि दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यवसायमा अलमल हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ईष्र्या गर्नेहरूले बाधा पु¥याउनेछन् भने सहयोगी जुटाउन निकै प्रयत्न गर्नुपर्ला। सहयोगीका माध्यमबाट काम बन्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितिअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूको फाइदामा उपयोग भइने सम्भावना छ। बेसुरमा गरिएको कामले समस्या निम्त्याउला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
असमझदारीले महत्वाकाङ्क्षी योजना कार्यान्वयनमा बाधा पुग्नेछ । मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मानसम्मान पाइनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । मिहिनेतले विशेष अवसर दिलाउनेछ ।