श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल फागुन १६ गते शुक्रबार, २८ फेब्रुअरी २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण कृष्णपक्षको औंसी तिथि ०६ः३२ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र  शतभिषा ०१ः५६ बजेसम्म, पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०६ः २९ बजे र सूर्यास्त ०६ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामको उच्च मूल्याङ्कन हुनेछ। पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आयस्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ। व्यापारमा मनग्य आयआर्जन हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कर्मयोगले मान, सम्मानसमेत दिलाउनेछ।चुनौतीभित्र अवसर खोज्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। गोपनीयतामा विशेष ध्यान पु¥याउनु होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ। नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ने हुनसक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिको चक्रमा अलमलिनु पर्दा काम बन्न समय लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कमजोर नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला। पहिलेका कामबाट सामान्य फाइदा भइरहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारमा फाइदा हुनेछ, सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला। धर्म–कर्ममा रुचि बढ्नेछ ।