श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं.२०८१ साल फागुन २२ गते बिहीबार, ६ मार्च २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण शुक्लपक्षको सप्तमी तिथि ११ः०३ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र रोहिणी भोलि १२ः१६ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः२२ बजे र सूर्यास्त ०६ः०७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। समयमै काम पूरा हुनाले उत्साह जाग्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बोलीको प्रभावले धेरै काम सम्पादन हुनेछन् र कामको नतिजाले उत्साह जगाउनेछ। रोकिएका काम बन्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगानी बढाउनु परे पनि व्यापारमा सुधार आउनेछ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। कमजोरीलाई पनि सुधार गर्ने मौका छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हिम्मतले काम लिँदा दीर्घकालीन अवसर प्राप्त हुनेछ।मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
श्रमको उचित मूल्याङ्कन हुनेछ भने गरेका कामबाट लाभ मिलनेछ। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ईष्र्या गर्नेहरूले फसाउन सक्छन्। मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछ। लक्ष्यमा पुग्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साझेदारी र सट्टापट्टामा पनि मनग्य लाभ हुनेछ। दिउँसोदेखि आम्दानी बढ्नाले मन प्रसन्न रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिगो तथा पछि फाइदा हुने काम प्रारम्भ गर्ने मौका छ। लामो दूरीको यात्रा तय हुनेछ ।