श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८१ साल चैत १२ गते मङ्गलबार, २५ मार्च २०२५, कालयुक्तनाम संवत्सर। चैत्र कृष्णपक्षको एकादशी तिथि भोलि ०४ः०२ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र श्रवण भोलि ०४ः०३ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः०२ बजे र सूर्यास्त ०६ः१७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भाग्यले विभिन्न अवसर दिलाउनेछ। काम देखाएर फाइदा लिने समय छ। पहिलेको चुनौती समाप्त होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ।समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनु पर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले फाइदा उठाउन सक्छन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। तर परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौतीभित्र अवसर खोज्ने समय छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य कमजोर रहनाले खानपानमा सजग रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइलो भेटघाट हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।