काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाही पक्राउ परेको छ ।
उनीहरु निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए । राप्रपाले निषेधित क्षेत्र तोकिएको माइतीघर बिजुलीबजारमा प्रदर्शन गरेको थियो ।