श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख ८ गते सोमबार, २१ अप्रिल २०२५, कालयुक्तनाम संवत्सर। वैशाख कृष्णपक्षको अष्टमी तिथि ०७ः२१ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र उत्तराषाढा १२ः५६ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः३२ बजे र सूर्यास्त ०६ः३२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ । मिहिनेतले नाम र इनाम आर्जन गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बेसुरमा काम गर्ने बानीले मिहिनेत खेर जान सक्छ। प्रक्रिया नमिल्नाले पनि काम दोहो¥याउनुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिउँसोतिर कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ । कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वादिष्ट भोजन प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला।