वराहक्षेत्र । बाल यौन दुरुपयोग आरोपमा वराहक्षेत्र नगरपालिकाका एक व्यक्ति पक्राउ परेका छन् ।
१२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा वराहक्षेत्र–७ का ५९ वर्षीय अर्थराज कोइरालालाई पक्राउ गरिएको सुनसरी जिल्ला प्रहरी कार्यालय इनरुवाका प्रवक्ता डिएसपी योगराज खतिवडाले बताए ।
शुक्रबार राति करिब ११ बजेको समयमा बालिकालाई मादक पदार्थ सेवन गरी यौन दुव्र्यवहार गर्ने प्रयास गरेको पीडितकी आमाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रवक्ता खतिवडाले जानकारी दिए । पक्राउपछि आरोपीलाई इप्रका चक्रघट्टीमा राखी अनुसन्धान भैरहेको छ भने पीडक र पीडित बालिका दुवैको स्वास्थ्य परीक्षण गरिएको छ ।
अहिलेसम्म रिपोर्ट नआएको प्रवक्ता खतिवडाले जानकारी दिए । अमेरिका बस्दै आएका आरोपी कोइराला केही समयअघि नेपाल आएका थिए ।