भद्रपुर । ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम माङ्सेबुङ गाउँपालिका–४ घर भई झापा कारागारमा ज्यानसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरीका अनुसार विश्वकर्माको मेडिकल रिपोर्टमा घाँटीको क्यान्सरको लक्षण देखा परेको थियो ।  कारागारभित्रै सोमबार दिउँसो ४ः२५ बजेको समयमा अचानक सास बढेर उनी ढलेका थिए । 

उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याएकोमा उनको ४ः४० बजे उपचारको क्रममा मृत्यु भएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।  घटनापछि मृतकका परिवारलाई खबर गरिएको उनले जनाए ।