धरान । डब्ल्यु डब्ल्यु जी (वुमन्स वर्थ गु्रप) को आयोजनामा आगामी जेठ १७ गते हुन लागेको मिसेस स्टेट २०२५ सिजन थ्री कोशी प्रदेशको पहिलो अडिसन शनिबार सम्पन्न भएको छ ।
गृहिणी महिलाहरू लक्षित मिसेस स्टेट सिजन थ्रीको पहिलो अडिसनमा ८ जनाले सहभागिता जनाएका छन् । वुमन्स वर्थ गु्रपका अध्यक्ष सुजता श्रेष्ठको अध्यक्षतामा सम्पन्न अडिसनमा निर्णायकको रूपमा महिला सञ्जाल धरानका पूर्व अध्यक्ष एवम् सामाजिक अभियन्ता शीला बज्राचार्य, कोरियोग्राफर डिजे ललित राई, मिसेस स्टेट पहिलो सिजनका विजेता सम्झना विश्वकर्मा र धरान मेघा हिमालयन कलेजका होटल म्यानेजमेन्ट विभाग प्रमुख पोषणबाबु श्रेष्ठ रहेका थिए ।
अडिसनको औपचारिक कार्यक्रममा सहभागीहरूलाई गु्रपका अध्यक्ष सुजता श्रेष्ठले मिसेस स्टेट सिजन थ्रीबारे जानकारी गराइन् । मिसेस स्टेट सिजन थ्रीको ग्रान्ड फिनाले आगामी जेठ १७ गते शनिबार धरानमा हुने आयोजकले जनाएको छ ।