श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख १० गते बुधबार, २३ अप्रिल २०२५, कालयुक्तनाम संवत्सर। वैशाख कृष्णपक्षको दशमी तिथि ०५ः०१ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र धनिष्ठा १२ः२३ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०५ः३१ बजे र सूर्यास्त ०६ः३२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समयमा लगनशील बन्न नसक्दा पछि परिनेछ। पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सङ्घर्षपछि भने लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तारिफयोग्य कामको चर्चा हुनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। नयाँ अवसर आइपर्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्तिथिवश काममा ढिलासुस्ती हुनसक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहो¥याउनु पर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ।