श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं.२०८२ साल वैशाख ११ गते बिहीबार, २४ अप्रिल २०२५, कालयुक्तनाम संवत्सर। वैशाख कृष्णपक्षको एकादशी  तिथि ०२ः४७ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र शतभिषा ११ः०२ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि  कुम्भ, सूर्योदय ०५ः३० बजे र सूर्यास्त ०६ः३३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समयअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। परिबन्दले अलिअप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा नसोचेको उपलब्धि पनि प्राप्त हुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। आहारविहारमा सजग रहनुहोला।