श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं.२०८२ साल वैशाख १४ गते आइतबार, २७ अप्रिल २०२५, सिद्धार्थीनाम संवत्सर। वैशाख कृष्णपक्षको औंसी तिथि भोलि ०१ः१५ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र अश्विनी भोलि  १२ः५० बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाख राशि मेष, सूर्योदय ०५ः२८ बजे र सूर्यास्त ०६ः३५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्न सक्छ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रचनात्मक काम प्रारम्भ हुनेछ। मिहिनेतले नाम र दाम दिलाउन सक्छ। साथीभाइसँग भेटघाट हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली र व्यवहारमा अलि सजग रहनुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हातबाट लक्ष्मी बाहिरिने सम्भावना छ, कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउनेछन्, सावधान रहनुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। स्रोतसाधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन्।